~~~~ गजल~~~~
शब्द शब्द समेटेर साह्रै मिठो गीत हुन्छ।
एक एक मिली उठे पक्कै हाम्रो जीत हुन्छ॥
समाजको नियम पनि बुझ्दिनकी म त
हेपी हेपी दबाउने कस्तो यहाँ रीत हुन्छ ॥
समाजको परिबर्तन लक्ष्य थियो मेरो
अनबरत जँगिएर गासीएको प्रीत हुन्छ ॥
रहर थियो बस्ने समाजको नयनभित्र
कठाङ्ग्रीने हिउसरी शिशिरको शित हुन्छ॥
समाजको रुप नै फेर्ने धोको भए हे "अदृश्य"
गर है क्रान्ती बिप्लब उदित समाजकै हीत हुन्छ ॥
बिप्लब उदित रिजाल "अदृश्य"
{तल्लो ड्याङ्को मूला}
थुम्बेदिन सात ताप्लेजुङ्
Saturday, August 8, 2015
Subscribe to:
Post Comments (Atom)
RSS Feed
Twitter
1:11 AM
Taplejung News

0 comments:
Post a Comment